जर्जिया गोलीकाण्डका आरोपीमाथि हत्या अभियोगमा मुद्दा दर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

जर्जिया गोलीकाण्डका आरोपीमाथि हत्या अभियोगमा मुद्दा दर्ता

एजेन्सी, ५ चैत । अमेरिकाको जर्जिया राज्यको एट्लान्टामा ८ जनाको ज्यान जाने गरी भएको अन्धाधुन्ध गोलीकाण्डका आरोपीमाथि हत्या अभियोगमा मुद्दा दर्ता भएको छ ।

एट्लान्टास्थित मसाज पार्लरमा भएको अन्धाधुन्ध गोलीकाण्डका आरोपी रोबर्ट आरेन लङ्गमाथि हत्या अभियोगमा मुद्दा दर्ता भएको हो । प्रहरीले घटनामा मृत्यु तथा घाइतेहरुको पहिचान सार्वजनिक गर्ने क्रम जारी रहँदा आरोपी लङ्गमाथि मुद्दा दर्ता भएको हो ।

आक्रमणमा मारिनेमा ६ जना एसियन महिला रहेका कारण घटनाको कारण रंगभेदी मनोदाशा हुन सक्ने आंकलन गरिएको छ । यद्यपी प्रहरीले भने रंगभेदी मनोदशा नै कारण हो व होइन भन्ने खुलाएको छैन ।

स्थानीय प्रहरी अधिकारीका अनुसार आरोपीमा सेक्स एडिक्सन रहेको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

आक्रमण भएको मसाज पार्लरमा कहिलेकाँही यौन सेवा प्रति प्रदान गरिँदै आएको बताइएपनि आक्रमणको स्थानमा सोसँग जोडिएका कुनै प्रमाण नभेटिएको प्रहरी अधिकारीले बताएका छन्।

गएको हप्ता मात्र राष्ट्रका नाममा गरेको सम्बोधन गर्दै राष्ट्रपति जो बाइडेनले एसियन–अमेरिकन माथि हुने गरेका आक्रमण तथा हिंसाको निन्दा गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);