अफ्रिकी मुलुक तान्जानियाका राष्ट्रपति मगुफुलीको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अफ्रिकी मुलुक तान्जानियाका राष्ट्रपति मगुफुलीको निधन

एजेन्सी, ५ चैत। अफ्रिकी मुलुक तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन भएको छ ।

मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका राष्ट्रपति जोन मगुफुलीको उपचारकै क्रममा निधन भएको हो । बिगत दुई सातादेखि सार्वजनिक कार्यक्रमहरुमा सहभागी नभएका उनको स्वास्थ्यमा जटिलता आएपछि अस्पताल भर्ना गरिएको हो ।

तान्जानियाका उपराष्ट्रपति सामिया सुलुह हसनले बुधबार राष्ट्रपतिको निधन भएको पुष्टि गर्दै देशले एक प्रभावशाली र गणतन्त्र पक्षधर नेता गुमाएको जनाएका छन्। राष्ट्रपतिको निधनप्रति तान्जानियामा १४ दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ भने देशको झण्डा १४ दिनसम्म आधा झुकाइने बताइएको छ ।

राष्ट्रपति जोन मगुफुलीको निधनपछि अब तान्जानियामा नयाँ राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति हसनले पाउने छन्।

तान्जानियका विपक्षी दलका नेताहरुले उनलाई कोरोना संक्रमण भएको बताएतापनि यसको आधिकारिक पुष्टि भएको छैन । जोन मगुफुलीले सन् २०१५ को अक्टोबरदेखि राष्ट्रपति पद सम्हाल्दै आएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);