अमेरिकामा आवासिय भवन भत्किँदा बेपत्ता हुनेको संख्या १ सय ५९ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

अमेरिकामा आवासिय भवन भत्किँदा बेपत्ता हुनेको संख्या १ सय ५९ पुग्यो

एजेन्सी । अमेरिकाकाको फ्लोरिडा राज्यको मायामी शहरमा रहेको एउटा आवासिय भवन भत्किँदा बेपत्ता हुनेको संख्या १ सय ५९ पुगेको छ भने  ४ जनाको मृत्यु भइसकेको छ । 

सन् १९८० मा निर्माण गरिएको भवन स्थानीय समयअनुसार बिहीबार मध्यराति साढे १ बजे भत्किएको हो । २३० वटा फ्ल्याट रहेको यो भवनमा १०२ परिवार बस्दै आएको बताइएको छ ।

भवनबाट बाहिर निस्केका मानिसहरूले भूकम्प आएजस्तो लागेर आफूहरू भागेको बताएका छन् । भवन के कारणले ध्वस्त भयो भन्ने स्पष्ट भइसकेको छैन ।

स्थानीयहरूले भवनको पुनःप्रमाणिकरणका लागि केही समयदेखि अनुसन्धान भइरहेको र छेउमै अर्को भवन बनिरहेको बताएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

उद्धारकर्ताहरूले कुकुर र विद्युतीय उपकरणको सहायताले भवनमा च्यापिएका मानिसहरूको खोजी गरिरहेका छन् । भवनको भत्किन बाँकी भागमा रहेका मानिसहरूलाई पनि उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनलद्वारा फ्लोरिडामा आपतकाल घोषणा गरेका छन् । अब, संघीय आकस्मिक व्यवस्थापन एजेन्सी (फिमा) ले उद्धार कार्यमा राज्यका एजेन्सीहरुलाई सहयोग गर्नेछ । 

अधिकारीहरूले उद्धार र खोजीको कामसँगै भवन भत्किनुको कारणबारे पनि अनुसन्धान भइरहेको जनाएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);