मुम्बईमा १०० वर्ष पुरानो भवन भत्किँदा ७ को मृत्यु, ४० जना पुरिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

एजेन्सी , १५ भदौ । भारतको मुम्बईमा एक भवन भत्किदा ७ जनाको मृत्यु भएको र कम्तिमा ४० जना पुरिएको मुम्बई पुलिसलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।

 

भवन भत्किएर पुरिएकाहरुका उद्वारका लागि ठुलो संख्यामा उद्वारकर्मीहरु परिचालन गरिएको भारतीय निकायले जनाएको छ ।

 

मुम्बईको भिन्डी बजार स्थित रहेको सो ४ तल्ले भवन १०० वर्ष भन्दा पुरानो रहेको अनुमान गरिएको छ ।

 

बिहीबार बिहान ०८ः४० भारतीय समयमा भत्किएको सो आवासिय भवन दुई दिन देखि जारी भारी वर्षाका कारण भत्किएको अनुमान गरिएको छ ।


उत्त भवनका कारण फसेकाहरुलाई सकुसल निकाल्नको लागि एम्बुलेन्स, दम्कल र उद्वारकर्मीहरु परिचालन भएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);