अमेरिकामा आवासिय भवन भत्किँदा १ काे मृत्यु, ९९ जना सम्पर्क विहिन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अमेरिकामा आवासिय भवन भत्किँदा १ काे मृत्यु, ९९ जना सम्पर्क विहिन

एजेन्सी । अमेरिकाकाको फ्लोरिडा राज्यको मायामी शहरमा रहेको एउटा आवासिय भवन भत्किँदा १ जनाको मृत्यु भएको छ भने ९९ जना सम्पर्क विहिन भएका छन् ।

सन् १९८० मा निर्माण गरिएको भवन स्थानीय समयअनुसार बिहीबार मध्यराति साढे १ बजे भत्किएको हो । २३० वटा फ्ल्याट रहेको यो भवनमा १०२ परिवार बस्दै आएको बताइएको छ । भवनबाट बाहिर निस्केका मानिसहरूले भूकम्प आएजस्तो लागेर आफूहरू भागेको बताएका छन् ।

कतिले त भवनमा मिसाइल हानेजस्तो लागेको बताएका छन् । स्थानीयहरूले भवनको पुनःप्रमाणिकरणका लागि केही समयदेखि अनुसन्धान भइरहेको र छेउमै अर्को भवन बनिरहेको बताएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

उद्धारकर्ताहरूले कुकुर र विद्युतीय उपकरणको सहायताले भवनमा च्यापिएका मानिसहरूको खोजी गरिरहेका छन् । भवनको भत्किन बाँकी भागमा रहेका मानिसहरूलाई पनि उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

अधिकारीहरूले उद्धार र खोजीको कामसँगै भवन भत्किनुको कारणबारे पनि अनुसन्धान भइरहेको जनाएका छन् ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);