Our Network

माघ १० २०७८, सोमबार

बेलायतमा पुनः बढ्न थाल्यो कोरोना संक्रमण

एजेन्सी। बेलायतमा कोरोना संक्रमण दर पुनः बढ्न थालेको छ ।

बेलायतमा गत फेबु्रअरी ६ पछि पछिल्लो २४ घण्टामा १६ हजार १३५ जना नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो समय बेलायतमा ‘डेल्टा भेरिएन्ट’को प्रकोप बढेसँगै संक्रमण दर बढेको बताइएको छ ।

बेलायतमा संक्रमण दरमा तीव्रता आएपनि मृत्यु दरमा भने वृद्धि नभएको जनाइएको छ । खासगरि अष्ट्रेलियाको न्यु साउथ वेल्समा पछिल्लो केही दिनयता कोरोना भाइरसको संक्रमण बढेको छ ।

संक्रमित हुनेमा न्यु साउथ वेल्सका कृषिमन्त्री समेत रहेको बताइएको छ । न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियानले सिड्नीमा अर्को लकडाउन हुन सक्ने चेतावनी दिएकी थिइन् ।

Leave a Reply