बेलायतको लकडाउनमा केही खुकुलो, पब एवम् रेस्टुरेन्टहरुमा जान पाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बेलायतको लकडाउनमा केही खुकुलो, पब एवम् रेस्टुरेन्टहरुमा जान पाउने

एजेन्सी । कोभिड १९को संक्रमण दरमा कम हुँदै गएपछि बेलायतमा लकडाउन केही खुकुलो बनाइएको छ । इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डका अधिकांश क्षेत्रमा लकडाउन खुकुलो पारिएको हो । अब मानिसहरु सीमित संख्यामा आफ्नो घरमा भेला हुन, प्रियजनसँग अंकमाल गर्न तथा पब एवम् रेस्टुरेन्टहरुमा जान पाउने भएको अन्तर्राष्ट्रिय संञ्चार माध्यहरुले जनाएका हुन् ।

प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन खुकुलो भए पनि कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सर्वसाधारणले सावधानीका उपायहरु कायम राख्न आग्रह गरेका छन् ।

बेलायतमा हाल दैनिक १९ सय हाराहारीमा नयाँ संक्रमित थपिँदै आएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ चार संक्रमितको मृत्यु भएको बताइएको छ । हालसम्म बेलायतमा ४४ लाख ५० हजार ७७७ जना संक्रमित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);