इजराइलको हवाई हमलामा प्यलेस्टाइनको गाजा क्षेत्रमा ४२ सर्वसाधारणको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

इजराइलको हवाई हमलामा प्यलेस्टाइनको गाजा क्षेत्रमा ४२ सर्वसाधारणको मृत्यु

एजेन्सी । इजराइलको हवाई हमलामा प्यलेस्टाइनको गाजा क्षेत्रमा आइतबार ४२ जना सर्वसाधारणको मृत्यु भएको छ ।

प्यालेस्टाइनी अधिकारीहरुका अनुसार इजरायलबाट भएको लगातारको हवाई हमला तथा गोलावारीमा परेर आइतबार मात्रै १० बालकालिका र १६ महिलासमेत गरि ४२ सर्वसाधारणको मृत्यु भएको हो । इजराइल र प्यालेस्टाइनबीच विगत एक हप्तादेखि चलिरहेको युद्धमा आइतबार सबैभन्दा रक्तपातपूर्ण भएको गाजाका अधिकारीहरुको दावी छ ।

यो एक साताको अवधिमा प्यालेस्टाईनी लडाकुहरुबाट ३ हजार भन्दा बढि साना रकेटहरु प्रहार भएको इजरायली सेनाले जनाएको छ । जसमा ज्यान गुमाउने प्यालेस्टाईनीको संख्या १ सय ८८ पुगेको छ । जसमध्ये ५५ जना बालबालिका रहेका छन् भने ३३ जना महिला छन् ।

यो अवधिमा १२ सय भन्दा बढी घाइते भएका छन् । यसैबीच संयुक्त राष्ट्रसंघले मध्यपूर्वको हिंसा नरोकिने हो भने यो क्षेत्रमा नियन्त्रण गर्न नसकिने गरि क्षती पुग्ने बताएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुबै पक्षबाट भइरहेको हिंसा र आक्रमणहरु तत्काल बन्द गर्न अपिल समेत गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);