भारतद्वारा कोरोना भाइरसविरुद्ध तयार पारिएको टू–डीजी औषधि सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

भारतद्वारा कोरोना भाइरसविरुद्ध तयार पारिएको टू–डीजी औषधि सार्वजनिक

एजेन्सी । भारतले कोरोना भाइरसविरुद्ध तयार पारेको औषधि सार्वजनिक गरेको छ । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सोमबार एक कार्यक्रमबीच टू–डीजी नामक औषधि सार्वजनिक गरेका हुन् ।

कोभिड–१९ का विरामीलाई टू–डीजी ग्लूकोज औषधि निकै प्रभावकारी बन्ने विश्वास समेत उनले व्यक्त गरेका छन् । यो औषधिको प्रयोगले बिरामी चाँडै निको हुने गरेको जानकारी दिँदै सिंहले अक्सिजनको निर्भरतामा पनि ४० प्रतिशतले कटौति भएको बताए ।

भारतको रक्षा अनुसन्धान र विकास संगठन डीआरडीओद्वारा निर्माण गरिएको यो औषधिलाई भारत सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिए पनि सामान्य प्रयोगका लागि अझै अनुमति पाउन बाँकी छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार पाउडरको रूपमा तयार पारिएको यस औषधिलाई सबैभन्दा पहिले डीआरडीओ कोभिड अस्पतालमा रहेका बिरामीलाई दिइने छ ।

डीआरडीओ इन्स्टीच्युट अफ न्युक्लियर मेडिसीन एण्ड अलायर साइन्सेजले औषधि बनाउने कम्पनी डाक्टर रेड्डीज लेबोरेट्रीजको साथमा मिलेर यो खोप तयार पारेको हो । यस औषधिले अक्सिजन कमी भएर समस्यामा परेकाहरुलाई राहत दिने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);