आयुर्वेद व्यवसायी आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आयुर्वेद व्यवसायी आन्दोलित

काठमाडौं, १६ साउन । आयुर्वेद व्यवसायीहरुले औषधि व्यवस्था विभागले तयार पारेको कार्यविधि तत्काल खारेज गर्न माग गर्दै आन्दोलन सुरु गरेका छन् ।

भारतबाट आयूर्वेद औषधि आयात गर्न रोक लगाउने व्यवस्था सहितको कार्यविधि विभागले तय गरेपछि तत्काल खारेज गर्न माग गर्दै आयुर्वेद व्यवसायीहरुले आन्दोलन सुरु गरेका हुन् ।

बुधबार बबरमहलस्थित औषधि व्यवस्था विभागको कार्यालयमा पुगेका उनीहरुले कार्यविधि तत्काल खारेज नगरे विभागका पदाधिकारीसामु कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

भारतबाट आयुर्वेद औषधि नल्याए आफूहरुको व्यवसाय चौपट्ट हुने अवस्था भएपछि सो कार्यविधि खारेज गर्न माग गर्दै आन्दोलनमा जान बाध्य हुनु परेको संघका अध्यक्ष लोकेन्द्र चापागाईँले बताए ।

नेपाली बजारमा भारतीय कम्पनीबाट आयातित आयुर्वेद औषधिले ९० प्रतिशत हिस्सा ओगटेको छ । यस्तो अवस्थामा सरकारले आफूहरुको व्यवसाय नै समाप्त हुनेगरी बनाइएको कार्यविधि तत्काल खारेज गर्न माग गरिएको पनि संघको भनाई छ ।

संघले आयुर्वेद व्यवसायलाई नै समाप्त पार्ने काम सरकारबाटै हुन लागेकोमा आपत्ति जनाउँदै तत्काल सच्याउन माग गरेको छ ।

संघले सरकारले कार्यविधि बनाउँदा आफूहरुलाई बेवास्ता गरेको भन्दै आक्रोश पनि व्यक्त गरेको छ । नेपालमा हाल २६ वटा आयुर्वेद औषधि कम्पनी छ । ती कम्पनीहरुले नेपालको माग धान्न सक्ने गरी औषधि उत्पादन गर्न सक्ने भएपछि मात्रै भारतीय कम्पनीका औषधि आयात गर्न रोक लगाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

आयुर्वेद व्यवसाय समाप्त पार्ने गरी बनाइएको कार्यविधि तत्काल खारेज नभए आयुर्वेद क्षेत्रमा कार्यरत चिकित्सक, व्यवसायी, बैद्य, कविराजहरु एकसाथ आन्दोलनमा आउन बाध्य हुने चेतावनी पनि दिइएको छ । संघका अध्यक्ष चापागाईँले आयुर्वेद औषधिलाई गुणस्तरीय बनाउन आफूहरु लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);