स्तनपान नगराउने महिलामा क्यान्सरको जोखिम | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

स्तनपान नगराउने महिलामा क्यान्सरको जोखिम

काठमाडौं, १६ साउन । नवजात शिशुको शारिरीक तथा मानसिक बृद्धि विकास र स्वस्थ्य जीवनका लागि आमाको दुध अपरिहार्य पदार्थ हो । जन्मिएको छ महिनासम्म आमाको दुध मात्र खुवाउनुपर्ने चिकित्सकहरु बताउँछन् ।

तर, पछिल्लो समय विभिन्न खाद्य पदार्थ सेवन गराउने क्रम बढेसँगै नवजात शिशुको स्वास्थ्यमा विभिन्न समस्या आउन थालेका छन् भने स्तनपान नगराउने महिलामा क्यान्सरको जोखिम समेत बढ्न थालेको छ ।

नजवात शिशु र वालवालिकाको स्वास्थ्य र आमाको शारिरीक तन्दुरुस्तीका लागि पनि स्तनपान अपरिहार्य हो । तर, पछिल्लो समय स्तनपान गराउन भन्दा अन्य वैकल्पिक खाद्य पदार्थको प्रयोग गर्ने क्रम बढेको छ ।

जसका कारण नवजात शिशुहरुमा विभिन्न खाले रोगका संक्रमण देखिन थालेका छन् भने स्तनपान नगराउने महिलामा क्यान्सर लगाएत विभिन्न समस्या देखिन थालेको छ ।

यहि सन्दर्भमा हरेक वर्ष अगष्ट महिनाको १ तरिख देखि ७ तारिखसम्म विभिन्न नाराका साथ मनाईने स्तनपान सप्ताह मनाउने गरिएको छ ।

नेपालमा पनि स्तनपान र जीवनको आधार भन्ने नाराकासाथ विश्व स्तनपान सप्ताह मनाइँदै छ । विश्वभरीका शिशु तथा बालबालिकाको सुरक्षा, शारीरिक तथा मानसिक बृद्धि–विकास र स्वास्थ्यको सुधारका लागि स्तनपानको प्रबद्र्धन सम्बन्धि सहयोगका लागि सन् १९९० देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाउन शुरु गरिएको हो ।

जन्मेपछि ६ महिनासम्मका शिशुलाई पूर्णत स्तनपान गराउनु पर्दछ । शिशुको अधिकतम बृद्धि–विकास जन्मेको ६ महिनासम्म हुन्छ । त्यसकारण शिशु जन्मनासाथ सकेसम्म छिटो १ घण्टाभित्र शुरु गरी ६ महिना नपुग्दासम्म लगातार स्तनपान गराएमा शिशुको सम्पूर्ण बृद्धि—बिकासका साथै रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुन्छ ।

शिशुलाई स्तनपान गराउँदा आमाको शारीरिक बनावटमा समेत परिवर्तन आउने र गर्भान्तरमा समेत सहयोग पुग्ने विशेषज्ञ बताउँछन् । स्तनपान गराउँदाको पहिलो ६ महिनासम्म ९८ प्रतिशत प्राकृतिक तवरले गर्भान्तर हुने गरेको छ ।

स्तन क्यान्सर, पाठेघरको क्यान्सर, मधुमेह र सुत्केरी पछि मनोरोगको संभावना समेत स्तनपानका कारण न्युन रहन्छ । कुपोषणका कारणले विश्वका ४५ प्रतिशत बालबालिकाको मृत्यु हुने गरेको छ ।

संयुक्त राष्ट्रसंघको तथ्याङ अनुसार विश्वका ६ महिनासम्मका शिशुमध्ये करिब ४० प्रतिशतले मात्र प्रचुर मात्रामा स्तनपान गर्न पाएका छन् ।

२०७३/७४ को प्रतिवेदन अनुसार नेपालमा ६ महिनासम्मका २५ प्रतिशत र २३ महिनासम्मका जम्मा ६३ प्रतिशत शिशुको मात्र बृद्धि अनुगमन गरिएको छ ।

सुत्केरी आमालाई काममा भन्दा शिशुसँगै सकेसम्म धेरै समय रहन दिनुपर्ने चिकित्सकहरु बताउँछन् । कामकाजी आमालाई सुत्केरी विदा वा शिशुसंगै राखेर काममा लगाउने व्यवस्था गर्न सकिए बाल मृत्युदर र कुपोषणको दर घटाउन सहज हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);