स्तनपान र जीवनको आधार’ भन्ने नाराकासाथ विश्व स्तनपान सप्ताह मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

स्तनपान र जीवनको आधार’ भन्ने नाराकासाथ विश्व स्तनपान सप्ताह मनाइँदै

brestfeeding

काठमाडौं, १६ साउन । हरेक वर्ष अगष्त महिनाको १–७ तारिखसम्म विभिन्न नाराका साथ मनाईने स्तनपान सप्ताह आजदेखि एक हप्तासम्म नेपालमा पनि ’स्तनपान र जीवनको आधार’ भन्ने नाराकासाथ विश्व स्तनपान सप्ताह मनाइँदै छ ।

विश्वभरीका शिशु तथा बालबालिकाको सुरक्षा, शारीरिक तथा मानसिक बृद्धि–विकास र स्वास्थ्यको सुधारका लागि स्तनपानको प्रबद्र्धन सम्बन्धि सहयोगकालागि विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बालकोष लगायत अन्य संघ–संगठनको आव्हानमा सन् १९९० देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाउन शुरु गरिएको हो ।

जन्मेपछि ६ महिनासम्मका शिशुलाई स्तनपान पहिलो खोप हो, शिशुको अधिकतम बृद्धि–विकास जन्मेको ६ महिनासम्म हुन्छ । त्यसकारण शिशु जन्मनासाथ सकेसम्म छिटो १ घण्टाभित्र शुरु गरी ६ महिना नपुग्दासम्म लगातार स्तनपान गराएमा शिशुको सम्पूर्ण बृद्घि—बिकास हुन्छ । आमाको दूधमा पाइने कोलस्ट्रम (बिघौती) भित्रका तत्वले बिभिन्न रोगसंग लड्न सक्ने क्षमता (इम्युनिटी) हुने हुँदा शिशुलाई झाडापखाला र निमोनिया जस्ता घातक संक्रामक रोगले आक्रमण गर्न सक्दैनन् । त्यसैले ‘स्तनपान शिशुको पहिलो खोप हो ।

स्तनपानमा आमालाई फाइदा र शिशुलाई स्तनपान गराउने आमालाई गर्भान्तर गर्ने परिवार नियोजनका साधन प्रयोग गर्ने पर्दैन । किनभने स्तनपान गराउँदाको पहिलो ६ महिनासम्म ९८ प्रतिशत प्राकृतिक तवरले गर्भान्तर गर्ने सुनौलो अवसर प्राप्त हुन्छ । स्तन क्यान्सर, पाठेघरको क्यान्सर, मधुमेह टाइप २ र सुत्केरी पछि मनोरोगको संभावना न्युन रहन्छ । आमा तथा शिशुबिच माया–ममता र सम्बन्ध बढ्छ ।

कुपोषणका कारणले विश्वका ४५ प्रतिशतबालबालिकाको मृत्यु हुने गरेको छ । बालबालिकाको अधिकार सम्बन्धि सम्मेलनद्वारा गरिएको धोषणा अनुसार असल पौष्टिक पदार्थ हरेक शिशु तथा बालबालिकाको अधिकार घोषणा गरिएको छ । सरकारी तथ्याङ अनुसार विश्वका ६ महिनाका शिशुमध्ये करीव ४० प्रतिशतले मात्र प्रचुर मात्रामा स्तनपान गरेका छन् । जन्मेदेखि २३ महिनासम्म सम्पूर्ण शिशुले स्तनपान गर्न पाएको खण्डमा विश्वभरका ५ वर्षमुनिका ८ लाख २० हजार बालबालिकालाई बचाउन सकिन्छ ।

नेपालमा २०७३ र ७४ को प्रतिवेदन अनुसार ६ महिनासम्मका जम्मा २५ प्रतिशत र २३ महिनासम्मका जम्मा ६३ प्रतिशत शिशुको मात्र बृद्धि अनुगमन गरिएको देखिन्छ । जुन अघिल्लो वर्ष भन्दा घटेको छ । सुत्केरी आमालाई काममा भन्दा शिशुसँगै सकेसम्म धेरै समय रहन दिनु पर्दछ । कामकाजी आमालाई सुत्केरी विदा र शिशुसंगै राखेर काममा लगाउने व्यवस्था गर्नु पर्दछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);