कामु प्रधानन्यायाधीश जोशीको पक्षमा राप्रपा (प्रजातान्त्रिक) सडकमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कामु प्रधानन्यायाधीश जोशीको पक्षमा राप्रपा (प्रजातान्त्रिक) सडकमा

काठमाडौं, १६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन सरकारसँग माग गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले संसदीय सुनुवाई समितिमार्फत् प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको प्रस्ताव अस्विकार गरे आफ्नो पार्टीलाई मान्य नहुने चेतावनी ।

बुधबार काठमाडौंको माईतीघर मण्डलामा सरकारको विरोधमा पार्टीद्धारा आयोजित ‘विरोध जुलुस’ लाई सम्बोधन गर्दैै उनले संवैधानिक परिषदले सिफारिस गरेका जोशीलाई प्रधानन्यायाधीश नबनाए त्यो शक्ति पृथकीकरणको सिद्धान्त विपरित हुने भन्दै आक्रोश व्यक्त गरे ।

अध्यक्ष राणाले चर्को मूल्य वृद्धि र करको भार जनताले थेक्न नसक्ने भएपछि सरकारविरुद्ध आफूहरु सडक संघर्षमा आउनु परेको स्पष्ट पारे । उनले सरकारले जनतालाई पीडा मात्रै दिएको उल्लेख गर्दै सैह्य नहुने चेतावनी दिए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक) का नेता, कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । उनीहरुले सरकारले आफ्ना जनविरोधि कदम तत्काल नसच्याए कडा प्रतिवादमा उत्रन बाध्य हुने चेतावनी पनि दिएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);