मंसिर १६ गतेसम्म माग पूरा नभए कठोर निर्णय लिने औषधि व्यवसायीहरुको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

मंसिर १६ गतेसम्म माग पूरा नभए कठोर निर्णय लिने औषधि व्यवसायीहरुको चेतावनी

काठमाडाैं । औषधि व्यवसायीहरुले औषधि व्यवस्था विभागमा धर्ना दिएका छन् । आइतबार बिहान व्यवसायीहरुले विभागमा धर्ना दिएका हुन् । औषधि ऐन, २०३५ को दफा ११ को उपदफा ५ खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर उक्त उपदफाको विरोध गरेका छन् । विरोध कार्यक्रममा बोल्दै नेपाल औषधि संघ, काठमाडौं जिल्ला शाखाका महासचिव शोभमान श्रेष्ठले औषधि ऐन, दफा ११ लाई संशोधन गर्दा औषधि व्यवसायीहरुलाई पलायन गर्न खोजिएको आरोप लगाउनुभयो । उक्त दफाको उपदफा ५ तत्काल खारेज गर्न माग गर्नुभयो ।

सरकारले मंसिर १७ गतेसम्म पनि आफूहरुका माग पूरा नगरे कठोर निर्णय लिएर आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।सेवाग्राहीको स्वास्थ्यलाई ख्याल गरेर अहिलेसम्म औषधि पसलहरु खोलिरहेको बताउँदै आइतबार दिनको एक घण्टा, सोमबार २ घण्टा गर्दै क्रमशः १७ गतेसम्म एक घण्टा बढाएर पसल बन्द गर्ने चेतावनी दिनुभयो ।

केही समय यता औषधि व्यवसायीहरुले आफ्नो मागहरु पूरा गर्न माग गर्दै धर्ना दिइरहेका छन् ।

Leave a Reply