इजरायल र प्यालेस्टाइनबीच जारी द्धन्द्ध समाधानका लागि मध्यस्थता गर्ने चीनको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

इजरायल र प्यालेस्टाइनबीच जारी द्धन्द्ध समाधानका लागि मध्यस्थता गर्ने चीनको प्रस्ताव

एजेन्सी । चीनले इजरायल र प्यालेस्टाइनबीच जारी द्धन्द्धको शान्ति वार्ताका लागि मध्यस्थता गर्ने प्रस्ताव गरेको छ ।

संयुक्त राष्ट्र संघको १५ सदस्यीय सुरक्षा परिषद्को भर्चुअल बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यीले यस्तो प्रस्ताव गरका हुन् ।

तत्काल युद्धविराम गर्न तथा इजरायलले नाकाबन्दी अन्त्य गरि गाजामाथी हमला बन्द गर्न आह्वान गर्दै द्धन्द्धग्रस्त क्षेत्रमा सुरक्षा परिषद्ले लिने निर्णयमा हस्तक्षेप नगर्न पनि यीले अमेरिकालाई आग्रह गरेका छन् ।

तनावलाई कम गर्न र राजनीतिक समाधानका लागि सुरक्षा परिषद्ले चाल्ने कदममा अमेरिकाले सहयोग गर्नुपर्ने उनको भनाई थियो ।

शान्ती तथा वार्ताका लागि आफुहरुले गरिरहेका प्रयासलाई निरन्तर बढाउने र सुरक्षा परिषद्को अध्यक्षका रुपमा जिम्मेवारी पुरा गर्ने यी को अभिव्यक्ति रहेको अन्तर्राष्ट्रिय समाचारसंस्थाहरुले जनाएका छन् ।

चीनको यस्तो प्रस्तावलाई मध्यपूर्वी एसियामा अमेरिकी प्रभावलाई कम गर्न गरेको हुन सक्ने विश्लेषण गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);