यमनमा युद्धरत पक्षलाई शान्ति वार्ताको बाटो रोज्न राष्ट्रसंघको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

यमनमा युद्धरत पक्षलाई शान्ति वार्ताको बाटो रोज्न राष्ट्रसंघको आग्रह

united_nations_flag

एजेन्सी, ६ कार्तिक । संयुक्त राष्ट्रसंघले यमनमा युद्धरत पक्षलाई युद्धविराम गर्न र शान्ति वार्ताको बाटो रोज्न आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक उच्चस्तरीय बैठकमा महासचिव एन्टोनियो गुटर्रेसले यमनको आर्थिक अवस्था नाजुक हुदै गएको र कतिपय स्थानहरुमा नागरिकलाई अहिले पनि मानवीय सहायताको खाँचो परेको भन्दै राष्ट्रव्यापी रुपमा युद्ध विराम गर्न जोडदिनु भएको हो ।

महासचिव गुटर्रेसले यमनमा तत्कालै देशव्यापी रुपमा युद्धविराम गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै युद्धरत पक्षहरुलाई शान्तिका लागि वार्तामा बस्न आग्रह गर्नुभयो । उहाँले यस विषयमा पहल जारी राखेको उल्लेख गर्दै आफ्ना दूतलाई यमनमा युद्धरत पक्षहरुसँग निरन्तर सम्पर्कमा रहेर शान्ति वार्ताका लागि प्रयास गरिरहेको जानकारी दिनुभयो ।

यमन सन् २०१५ देखि गृहयुद्धको चपेटामा फसेको छ । त्यहाँका हुथी विद्रोही र सरकारलाई समर्थन गर्ने सैनाबीच संघर्ष जारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);