लिबियाको राजनीतिक समस्या समाधान गर्न शक्ति राष्ट्रहरु प्रतिवद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

लिबियाको राजनीतिक समस्या समाधान गर्न शक्ति राष्ट्रहरु प्रतिवद्ध

एजेन्सी, ६ माघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले लिबियाको राजनीतिक समस्या समाधान गर्न शक्ति राष्ट्रहरु प्रतिवद्ध रहेको बताएका छन् ।

जर्मनको बर्लिनमा शक्ति राष्ट्रहरुको सम्मेलनपछि महासचिव गुटेरसले लिबियामा हस्तक्षेप नगर्ने तर राजनीतिक समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताएका छन् । शक्ति राष्ट्रहरुले लिबियामा जारी युद्धमा विदेशी हस्तक्षेप सीमित बनाउने र उत्तर अफ्रिकी मुलुकमा युद्धरत समूहलाई शान्तिपूर्ण लडाइको दिशामा पु¥याउने महत्वपूर्ण सम्झौतामा हस्ताक्षर समेत गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

सम्झौताले राजनीतिक प्रक्रियालाई अघि बढाउने र द्वन्द्वको सैनिक समाधानलाई नकार्ने नेताहरुले विश्वास लिएका छन् । नेताहरुले लिबियामा जारी राजनीतिक द्वन्द्व अन्त्य गरी दिगो शान्तिका लागि राष्ट्रसंघको अगुवाइमा पहल हुनपर्ने धारणासमेत राखेका छन् ।

पछिल्ला महिनाहरुमा लिबियामा विदेशी सहयोगले हतियार, सेना र नगद प्रवाहका कारण युद्धरत दुवै पक्षले सैन्य विजय हासिल गर्ने प्रयास गरेकाले हिंसा बढ्दै गएको अधिकारीहरुले जनाएका छन् ।

सन् २०११मा तत्कालीन शासक मुअम्मर गद्दाफीलाई सत्ताच्यूत भएसंगै लिबिया द्वन्द्वको मारमा परेको छ । त्यसयता निरन्तर जारी युद्धमा हजारौ सर्वसाधारण मारिनुका साथै कयौं घरबार विहिन भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);