त्रिपोलीमा संकटकाल : हिंसात्मक घटनामा परि ३९ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

त्रिपोलीमा संकटकाल : हिंसात्मक घटनामा परि ३९ जनाको मृत्यु

लिबियामा संघर्ष जारी, हिसात्मक घटनामा परि ३९ जनाको मृत्यु, संघर्ष चलिरहँदा कारगारकाट ४ सय कैदी भागे, राजधानी त्रिपोलीमा संकटकाल घोषणा

एजेन्सी, १८ भदौ । लिबियाको राजधानी त्रिपोलीमा दुई गुटबीच जारी हिंसामा ३९ जनाको मृत्यु भएको छ भने दोहोरो भिडन्तले गर्दा सर्वसाधारण जनता आफुलाई असुरक्षित महसुस गर्दै पलायन हुन थालेका छन् ।

त्रिपोलीमा जारी हिंसा र संघर्षकाबीच आइन जारा कारागारको ढोका फोडेर ४ सय कैदीहरु फरार भएका छन् । लिबिया सरकाले बिद्यमान अवस्थालाई ध्यानमा राखी राजधानी त्रिपोलीमा संकटकाल घोषणा गरेको छ ।

लिबियामा संयुक्त राष्ट्र समर्थित सरकार सत्तामा रहेको छ भने देशको अधिकांश ठाउँ चरमपन्थी गुटको नियन्त्रणमा रहेको छ । गत साता चरमपन्थीहरुले त्रिपोलीको दक्षिणी क्षेत्रमा आक्रमण गरेपछि हिंसा भड्किएको हो ।

यसपछि स्थानीय सरकार समर्थित चरमपन्थी गुटसँग संघर्ष जारी रहेको लिबियाली सञ्चार माध्यमले जनाएका छन् । लिवियाको राष्ट्रिय साझा सरकार जिएनएले यस प्रकारको हिंसात्मक संघर्षबाट राजनीतिक स्थिरता र शान्ति भङ्ग हुने बताउँदै अमानवीय कार्य तत्काल बन्द गर्न सम्बद्ध सबैको ध्यानाकर्षण गराएको छ ।

भिडियो हेर्नुहोस्:

मानव अधिकार संगठनहरुले पनि हिंसाको भत्सना गर्दै पछिल्लो हिंसात्मक घटनामा १८ जना नागरिकले ज्यान गुमाएकोमा चिन्ता व्यक्त गरेका छन् । राजधानी त्रिपोलीमा भएको रकेट हमलामा २ जनाको मृत्यु भएको छ ।

सो घटनामा झण्डै १ दर्जन व्यक्तिहरु घाइते भएका छन् । विद्रोहि गुटहरुबीच गोलाबारीले सर्वसाधारणमा भय र आतंक फैलिएको छ । त्रिपोलीमा विद्रोहि गुटबीच संघर्ष जारी रहँदा आइन जारा कारागारको ढोका फोरेर ४ सय कैदीहरु फरार भएका छन् ।

सो कारागारमा रहेका अधिकांस कैदीहरु लिवियाका पुर्व नेता मुअम्मर गदद्धाफिका समर्थकहरु रहेका छन् । सन् २०११ मा गदद्धाफिको सरकार विरुद्ध भएको विद्रोहमा ती कैदीहरुले सर्वसाधारणको हत्या गरेको आरोप लगाइएको थियो । लिवियामा भैरहेको संघर्ष रोक्न अन्तराष्ट्रिय शक्तिले हस्तक्षेप गर्नु पर्ने मानव अधिकारबादिहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);