अफ्रिकी मुलुक लिवियामा पुनः नयाँ संकट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अफ्रिकी मुलुक लिवियामा पुनः नयाँ संकट

libya high alert

एजेन्सी, २३ चैत ।  अस्थिरतासँग जुध्दै आएको अफ्रिकी मुलुक लिवियामा पुनः नयाँ संकट सिर्जना भएको छ । सशस्त्र विद्रोही संगठनका नेता खालिफा हफ्तारले आफ्ना सेनालाई त्रिपोलीतर्फ अघि बढ्न आदेश दिएपछि नयाँ संकट सिर्जना भएको हो ।

योसँगै विद्रोही सेना त्रिपोलीबाट करिब ५० किलोमिटर नजिक पुगेको छ । राजधानी त्रिपोलीबाट लिवियाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले आफ्नो कामकाज चलाउँदै आएको छ ।

हफ्तारको लिवियन नेसनल आर्मी त्रिपोलीतर्फ अघि बढीरहेका बेला पूर्वी शहर मिसरातामा अन्तर्रा्ष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थक सशस्त्र समूहले त्रिपोलीको रक्षाका लागि भन्दै आफूहरु तयारी अवस्थामा रहेको चेतावनी दिएको छ । त्रिपोलीमा हुन लागेको संघर्ष रोक्न राष्ट्र संघका महासचिव गुटेरेस, अमेरिका र युरोपेली मुलुकहरुले अपील गरेका छन् ।

त्यस्तै, रुस, फ्रान्स र बेलायतलेसमेत शान्तिका लागि अपील गरेका छन् ।यसअघि अमेरिका, बेलायत, फ्रान्स र युएइले पनि संयुक्त वक्तव्य जारी गर्दै शान्ति कायम गर्न अपील गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);