दक्षिण कोरियाको पाँचवटा जंगलमा भीषण डढेलो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दक्षिण कोरियाको पाँचवटा जंगलमा भीषण डढेलो

एजेन्सी, २२ चैत । दक्षिण कोरियाली सरकारले देशको पाँचवटा जंगलमा भीषण डडेलो लागेर १ जनाको मृत्यु भएपछि शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ । देशको उत्तरपूर्वी तटीय क्षेत्रका पाँच ओटा जंगलमा लागेको भीषण डढेलोपछि एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएकपछि राष्ट्रिय प्रकोप घोषणा गरिएको हो ।

घटनास्थल राजधानी सोलबाट करिब २ सय १० किलोमिटर टाढा रहेको जनाइएको छ । डढेलोका कारण ११ जना घाइते भएका दक्षिण कोरियाली अधिकारीले जनाएका छन् । डढेलोबाट करिब २ सय ५० हेक्टर जमिन र १ सय २५ घर ध्वस्त भएका छन् ।

त्यसैगरी हजारौँ व्यक्ति विस्थापित भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । डढेलोको बिषयमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले राष्ट्रिय बिपद व्यवथापन निकायसँग छलफल गरेका थिए ।

उनले उपलब्ध साधन र स्रोतको अधिकतम प्रयोग गरी डढेलो नियन्त्रण गर्न निर्देशन दिएको जनाइएको छ । कडा हावा र अँध्यारोका कारण अग्नीनियन्त्रकहरुलाई डढेलो नियन्त्रणको काममा कठिनाई भएको बताइएको छ ।

डढेलो नियन्त्रणका लागि दशभन्दा बढी हेलिकोप्टर परिचालित गरिएको छ । उद्वारकार्यको लागि अग्नीनियन्त्रक, सुरक्षाकर्मी, अन्य उद्वारकर्मीहरु गरी करिब १० हजार व्यक्ति परिचालन गरिएको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);