अमेरिकाको क्यालिफोर्नियामा डढेलोका कारण ६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अमेरिकाको क्यालिफोर्नियामा डढेलोका कारण ६ जनाको मृत्यु

एजेन्सी, ६ भदौ । अमेरिकाको क्यालिफोर्निया स्थित पहाडी क्षेत्रमा दर्जनौँ स्थानमा लागेको डढेलोका कारण ६ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाको पहाडी क्षेत्रदेखि सन फ्रान्सेस्कोको दक्षिण तथा पश्चिमसम्म दर्जनौँ स्थानमा फैलिएको डढेलोमा ६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

४० जना घाइते भइसकेको डढेलोका कारण तातो हावाले क्यालिफोर्नीयाको जनजीवन प्रभावित भएको छ । अहिलेसम्म सयौँ भवनहरु जलेका तथा हजारौँ भवनहरु जोखिममा परेको बताइएको छ डढेलोले एक लाख ७५ हजारभन्दा बढी बिस्थापित भइसरकेका छन् ।

डढेलो नियन्त्रणका लागि १२ हजार भन्दा बढी अग्नि नियन्त्रक खटिए पनि नियन्त्रणमा आउन सकेको छैन । डढेलो अझ बढी फैलदै गएको अग्नि नियन्त्रकहरूले जनाएका छन् । क्यालिफोर्नीयाका गभर्नर केभिन न्युसमले डढेलो नियन्त्रणका लागि अष्ट्रेलीया र क्यानडासंग पनि सहयोग माग्नु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);