क्यालिफोर्नियामा भीषण डढेलोमा परेर मृत्यु हुनेको संख्या २५ पुग्यो, ६ हजार ७ सय घर र उद्योगका भवनहरु ध्वस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

क्यालिफोर्नियामा भीषण डढेलोमा परेर मृत्यु हुनेको संख्या २५ पुग्यो, ६ हजार ७ सय घर र उद्योगका भवनहरु ध्वस्त

काठमाडौं, २५ कात्तिक । अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको भीषण डढेलोमा परेर मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

क्यालिफोर्नियाको उत्तरी दुई स्थानबाट फैलिएको क्याम्प फायर नाम दिइएको डढेलोका कारण २ लाख ५० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । ६ हजार ७ सय घर र उद्योगका भवनहरु ध्वस्त भएका छन् । साक्रामेन्टोको उत्तरी क्षेत्रका ९३ हजार बासिन्दालाई सुरक्षित स्थानमा जान सूचित गरिएको छ ।

लस एन्जलसको पश्चिमी क्षेत्रबाट फैलिएको डढेलो प्रमुख राजमार्गसम्म बिस्तार भएको छ । आगलागीका कारण मालबुसहितका तटीय क्षेत्रमा जोखिम बढेको छ । आगलागीका कारण कालाबासास तथा मालबुसहितका क्षेत्र बढी प्रभावित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);