डढेलोका कारण अष्ट्रेलियाको २ वटा राज्यमा आपत्काल घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

डढेलोका कारण अष्ट्रेलियाको २ वटा राज्यमा आपत्काल घोषणा

एजेन्सी, २५ कात्तिक । अष्ट्रेलियाको जंगलमा लागेको डढेलो नियन्त्रणको प्रयास सफल हुन नसकेपछि २ वटा राज्यमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।

डढेलो नियन्त्रणमा नआएर घना बस्ति तर्फ फैलिन थालेपछि अष्ट्रेलियाका न्यु साउथ वेल्स र क्वीन्सल्याण्ड राज्यमा आपत्कालीन अवस्था घोषणा गरिएको संचार माध्यमहरुले जनाएका छन् ।

सबैभन्दा घना बस्ति भएको शहर सिड्नी पनि डढेको चपेटामा पर्न सक्ने जनाइएको छ । गत शुक्रबारदेखि लागेको डढेलोका कारण ३ जनाको मृत्य भइएको छ । डढेलोमा हराएका चार जनाको खोजी कार्य जारी छ ।

यसैबीच अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले १३ सय अग्नी नियन्त्रक परिचालन गरेको बताउँदै डढेलो नियन्त्रणका लागि सेना समेत पठाउन सकिने जानकारी दिएका छन् ।

डढेलो नियन्त्रणका लागि खटिएका अग्नी नियन्त्रकलाई क्वीन्सल्याण्ड र साउथ वेल्समा सयौं नागरिकहरुले स्वयमसेवकको भूमिका निर्वाह गरिरहेका छन् । डढेलोका कारण सय भन्दा बढी घरहरु जलेर नष्ट भएका छन् । डढेलो लागेको क्षेत्रका आसपासका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);