अफगानिस्तानमा सरकारी फौज र तालिवान लडाकूबीच भिडन्त, ६६ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अफगानिस्तानमा सरकारी फौज र तालिवान लडाकूबीच भिडन्त, ६६ को मृत्यु

afghanistan army

एजेन्सी, २२ चैत । अफगानिस्तानको बदघीस प्रान्तमा इस्लामिक लडाकु समूह तालिबान र अफगान फौजबीच भएको भिडन्तमा ६६ जनाको मृत्यु भएको छ । तालिबान लडाकुले बदघीस प्रान्तको बाला मुरघब जिल्लामा सरकारी सुरक्षाकर्मीलाई लक्षित आक्रमण गरेपछि भिडन्त भएको हो ।

भिडन्तमा मारिनेमा ३६ जना सरकारी सुरक्षाकर्मी रहेको तालिवानको दाबी छ । उता अफगान सेनाले भने आक्रमणमा ३० जना तालिबान लडाकु पनि मारिएको जनाएको छ । भिडन्तमा अरु कैयो घाइते भएका जनाइएको छ । आक्रमणका क्रममा तालिवानले उक्त जिल्लाका केही सुरक्षा जाँच चौकी पनि कब्जामा लिएको थियो ।

यता अफगान रक्षामन्त्रालयले भने सर्वसाधारणको हताहती नहोस भनेर सचेतता अपनाउँदै तालिवानमाथि कारबाही गरिएको जनाएको छ । पछिल्ला दुई महिनायता बदघीस प्रान्त र बाला मुरघब जिल्लामा तालिवान र सुरक्षा फौजबीच भिडन्त हुदै आएका छन् ।

तालिवान र अमेरिकाबीच शान्ति वार्ताको क्रम जारी रहेका बेला तालिवानले वार्ताका क्रममा आफ्नो पक्ष बलियो रहेको देखाउन सरकारी सुरक्षाकर्मी माथि आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);