भारतकोे स्याटेलाइटले अन्तरीक्षमा खतरा, स्पेसलाई खतरामा पार्नसक्ने नासाको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतकोे स्याटेलाइटले अन्तरीक्षमा खतरा, स्पेसलाई खतरामा पार्नसक्ने नासाको चेतावनी

nasa

काठमाडौं, २२ चैत । भारतले हालै परीक्षण गरेको स्याटेलाइट ध्वस्त पार्ने मिसाइलका कारण अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्र (आइएसएस) मा भयानक खतरा पैदा भएको छ ।

नासाका प्रमुख जिम ब्राइडेन्स्टाइनका अनुसार भारतले स्याटेलाइट प्रतिरोधी मिसाइल परीक्षणका क्रममा ध्वस्त पारेको स्याटेलाइट कैयौँ टुक्रामा क्षतविक्षत हुदा अन्तरीक्षमा सिर्जना भएको फोहोरले यस्तो अबस्था सिर्जना भएको हो । धोस्त स्याटेलाईटका टुक्राहरुले स्पेस स्टेसनलाई खतरामा पार्नसक्ने नासाले चेतावनी दिएको छ । नासा टाउन हलमा बोल्दै ब्राइडेन्स्टाइनले भारतले ध्वस्त पारेको स्याटेलाइटबाट सिर्जित टुक्राहरु मध्ये धेरै ठूलो आकारका छन् । ससाना टुक्राहरुलाई नासाले ट्रयाक गरेको र ठूला टुक्राहरुको खोजी भैरहेको नासाको भनाई छ ।

अन्तरीक्ष मिसनका लागि यस्ता गतिविधिहरुले भविष्यमा निरन्तरता पाए त्यसलै झनै ठुलो समस्या पैदा गर्ने नासाले जनाएको छ । भारतीय भुउपग्रह नष्ट गर्ने क्रममा पैदा भएको फोहोरका ६० वटा साना टुक्राहरुको पहिचान भएको छ । तीमध्ये २४ वटा टुक्राहरु स्पेस स्टेसनको माथिबाट गएका छन् । यसअघि अमेरिकी सेनाले अन्तरीक्षमा फोहोरका टुक्राहरु फेला पारेको थियो र त्यस्ता टुक्राहरु स्पेस स्टेसन तथा आफ्ना स्याटेलाइटहरुका लागि खतरनाक भएको बताएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);