सूर्य नजिकै पुग्ने प्रयासमा अन्तरिक्ष यान प्रक्षेपण गर्ने नासाको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सूर्य नजिकै पुग्ने प्रयासमा अन्तरिक्ष यान प्रक्षेपण गर्ने नासाको तयारी

एजेन्सी, ७ साउन । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले सूर्य नजिकै पुग्ने प्रयासमा आउँदो ६ अगस्टमा एउटा अन्तरीक्ष यान प्रक्षेपण गर्ने तयारी गरेको छ । सो यान अहिलेसम्म पठाइएका यानहरुभन्दा शक्तिसाली र सूर्यको नजिक हुने बताइएको छ ।

सुर्यको तापक्रम ६ हजार सेल्यिस डिग्री रहेको छ । त्यहा पुग्ने डढ्ने गर्छन् । तर अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सुर्य नजिकै आगामी ६ अग्रस्टका दिन एउटा अन्तरिक्ष यान पठाउने तयारी गरिरहेको छ । यो यान सुर्यको बाहिरी भाग सोलार कोरोनाको वातावरण अध्ययन गर्ने वैज्ञानिकहरुले बताएका छन् ।

नासाले सुर्य नजिक पार्कर सोलार प्रोब पठाउन लागेको कुरा जान हापकिन्स युनिभर्सिटिका प्रोजेक्ट वैज्ञानिक निकोल फाँक्सले बताउनु भएको छ । यसअघि सन १९७६ मा जर्मनीका अन्तरिक्ष ऐजन्सी र नासाले मिलेर सुर्य नजिक हेलीअस – २ नामक प्रोब पठाएका थिए ।

यो प्रोब सुर्य बाट ४ दशमलव ३० करोड किलोमिटरको दुरीमा थियो । पृथ्वीबाट सुर्यको दुरी १५ करोड किलोमिटर टाढा रहेको छ । नासाका वैज्ञानिकहरुले यो प्रोबबाट वैज्ञानिकहरुले पृथ्वीको वातावरणमा हुने परिवर्तनका बारेमा भविष्यवाणी गर्न सक्षम हुने बताएकाछन् ।

अन्तरिक्षमा खराब मौसम भएपछि पृथ्वीको पावर गृडमा असर पर्न सक्ने हुदा त्यसबारे जानकारी हासिल गर्न यसबाट सजिलो हुने जनाएकाछन् । पार्कर सोलर प्रोब कारको आकारमा रहेको छ । यस मिसनको लागत १ सय ५० करोड डलर रहेको छ ।

यो प्रोब सुर्यको सतहबाट ६० दशमलव १० लाख किलोमिटर टाढा कोरोनामा करिब ७ पर्ष परिक्रमा गर्ने छ । यानले विद्युतीय, चुम्बकीय र सुर्यको कोरोना प्लाजमा सँगै त्यहा पाइने कणहरुको पनि अध्ययन गरिने तथा तस्बिर पठाउने रोयर्टस समाचार संस्थाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);