पाकिस्तानमा निर्वाचनको मिति नजिकिदै जाँदा उम्मेदवारको हत्या हुनेक्रम बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाकिस्तानमा निर्वाचनको मिति नजिकिदै जाँदा उम्मेदवारको हत्या हुनेक्रम बढ्यो

pakisthan election

एजेन्सी, ७ साउन । पाकिस्तानमा निर्वाचनको मिति नजिकंदै जाँदा उम्मेदवारको हत्या हुनेक्रम बढेको छ । आगामी बुधबार हुने निर्वाचनका क्रममा एक उम्मेदवारको हत्या भएको छ । घटनामा उम्मेदवारसहित दुई जनाको मृत्यु भएको र अरू केही घाइते भएको प्रहरी अधिकारीहरूले बताएका छन् ।

गान्दापुर निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका पाकिस्तान तेहरिक इन्साफ (पिटिआई) का उम्मेदवार इक्रामुल्लाह खान र उनका सवारी चालकको हत्या भएको हो । आत्मघाती हमलामा परी गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

आक्रमणकारीहरूले गान्दापुरमा चुनावी कार्यक्रममा सहभागी भएका व्यक्तिलाई लक्षित गरी आत्मघाती बम हमला गरेको प्रहरी अधिकारीले बताएका छन् । उम्मेदवार हत्या घटनाको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन । प्रचारप्रसारको तीव्रतासँगै पाकिस्तानमा यस पटकको निर्वाचनका लागि आयोजित कार्यक्रममा भएका आक्रमणहरूमा परी कम्तीमा १ सय ७० जनाको मृत्यु भएको छ भने २ सय भन्दा बढी घाइते भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);