इजरेलद्वारा गाजामा भीषण हवाई हमला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

इजरेलद्वारा गाजामा भीषण हवाई हमला

israel attack on gaza

एजेन्सी, ५ साउन । सीमा क्षेत्रमा आफ्ना सैनिकमाथि आक्रमण गरिएपछि इजरेलले गाजा पट्टीमा सैन्य अखडाहरूलाई निशाना बनाएको छ । सीमा क्षेत्रमा घाइते भएका आफ्ना एक सैनिकको मृत्यु भएको उसले जनाएको छ। हिंसात्मक घटनामा धेरै समयपछि इजरेली सेनाको ज्यान गएको हो ।

गाजाका अधिकारीहरूका अनुसार इजरेली हवाई हमलामा चारजना प्यालेस्टिनीहरू मारिएका छन् र उनीहरूमध्ये तीनजना हमास लडाकु समूहका सदस्य थिए । सीमा क्षेत्रमा प्रदर्शनका क्रममा चौथो प्यालेस्टिनी नागरिक मारिएको अधिकारीहरूले बताएका छन् ।

गाजामाथि नियन्त्रण राखिआएको हमास समूहले इजरेलसँग एउटा युद्धविराममा सहमति भएको जनाएको छ ।

हमासका प्रवक्ता फाव्जी बरहौमले समाचार संस्था रोयटर्सलाई भने, “इजिप्ट र संयुक्त राष्ट्रसंघको पहलमा इजरेली र प्यालेस्टिनी समूहहरूबीच शान्तिताकाको समयमा फर्कने सहमति भएको छ ।”

युद्धविराम सहमतिबारे इजरेलले अहिलेसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन । उत्तरी गाजा पट्टीस्थित हमासका १५ वटा सैन्य अखडा र खान युनिसस्थित थप २५ वटालाई निशाना बनाइएको इजरेली सेनाले जनाएको छ ।

इजरेल र गाजाको सीमामा शुक्रवार पारेर प्यालेस्टिनीहरूले अर्को प्रदर्शन थालेपछि इजरेलले पछिल्लो हमला गरेको हो । प्यालेस्टिनी लडाकुहरूबाट इजरेली भूभागमा तीनवटा क्षेप्यास्त्र प्रहार गरिएको त्यहाँको सेनाले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);