निर्वाचन नजिकिँदै गर्दा पाकिस्तानमा आतंकवादी गतिविधि बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

निर्वाचन नजिकिँदै गर्दा पाकिस्तानमा आतंकवादी गतिविधि बढ्यो

एएनपीका नेता हारुनलाई लक्षित आत्मघाति आक्रमणमा २१ जनाको मृत्यु, ६५ भन्दा बढी घाइते

एजेन्सी, २७ असार । पाकिस्तानमा आम निर्वाचन नजिकिँदै गर्दा हिंसात्मक घटना बढेका छन् । जसका कारण मतदाता भयभित भएका छन् । आवामी नेशनल पार्टीकै सरकार रहेको पेशावरमा सोही पार्टीका ठूला नेता हारुन अहद बिलौरसहित २१ जनाको मृत्यु हुनेगरी आत्मघाति विष्फोट गराएपछि सुरक्षा चुनौति बढेको छ । घटनामा अन्य ६५ जना घाइते भएका छन् ।
पाकिस्तानमा २५ जुलाइमा आम निर्वाचन हुँदै छ ।

निर्वाचन आउन दुई साता पनि बाँकी नरहँदा मतदातालाई भयभित गराउने गरी नेता लक्षित आक्रमण बढेको छ । आतंकवादी संगठन तालिवानद्वारा आत्मघाति आक्रमणमा पेशावरको सत्तारुढ दल आवामी नेशनल पार्टीका नेता हारुन अहमद बिलौरसहित २० जना भन्दा बढीको हत्या गरिएपछि मतदाता आतंकित भएका छन् ।

घटनामा अन्य ६५ जना घाइते भएका छन् । चुनावी ¥यालीमा रहेका हारुनलाई लक्षित गरी आक्रमण गरिएका अधिकारीहरुले जनाएका छन् । बमनिरोधक बिशेषज्ञका अनुसार कम्तीमा १२ केजी बिष्फोटक सामग्री प्रयोग भएको आत्मघाती बिष्फोट गराएको थियो ।

हारुनका पिता बरिष्ठ नेता बसिर अहमद बिलौरलाई पनि सन २०१२ मा तालिवानले आत्मघाती बिष्फोटमा ज्यान लिएका थिए । पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा अवामी नेशनल पार्टीले तालिवानबिरुद्ध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

तालिवानले आवामी नेशनल पार्टीको अरु पनि कार्यक्रममा आक्रमण गर्ने धम्की दिएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आम निर्वाचनका लागि ३ लाख ७० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिए पनि नेता कार्यकर्तादेखि मतदाताले सुरक्षित अनुभूति गर्न सकेका छैनन् । सत्तारुढ दलकै नेताको हत्या भएपछि सुरक्षा चुनौति थप जटिल बनेको छ ।

जबकि निर्वाचन आयोगले शान्ति सुरक्षाको भरपर्दाे प्रवन्ध मिलाइएको दाबी गरेको छ । अवामी नेशनल पार्टीका बरिष्ठ नेता मियाँ इफ्तिखार हुसेनले पाकिस्तानमा प्रजातन्त्र नचाहने र २५ जुलाइमा हुुने निर्वाचन भाँड्न चाहनेले यस प्रकारको आतंकको सहारा लिएको आरोप लगाए ।

तेहरेक ए इन्साफका नेता इमरान खानले यस घटनाप्रति चिन्ता ब्यक्त गर्दै चुनाव प्रचारको बेला सबै पार्टीका उम्मेदवारहरुलाई सरकारले कडा सुरक्षाको ब्यवस्था गर्नुपर्ने माग गरे । पाकिस्तानी सेनाका मेजर जनरल आसिफ गफुरले सन २०१३ को आमनिर्वाचन भन्दा यसपाली तेब्बर सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

उनले चुनाव निष्पक्ष र पारदर्शी गराउन सेनाले सबै प्रकारको सहयोग गर्ने बताए । तथापी आतंकवादी गतिविधि नियन्त्रण नहुँदा मतदाता ढुक्क भएर मतदान गर्नसक्ने अवस्थामा छैनन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);