पास्कितानको पेशावरमा आत्मघाती बम विस्फोट, १२ को मृत्यु, ३० घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

पास्कितानको पेशावरमा आत्मघाती बम विस्फोट, १२ को मृत्यु, ३० घाइते

peshawar-blast

एजेन्सी , २७ असार । पाकिस्तानको पेशावरमा संदिग्ध आत्मघाती विस्फोटमा परि अवामी नेसनल लिग(एएनपी) का नेता हारुन बिलौरसहित कम्तीमा १२ जना मारिएका छन् । याकातूत क्षेत्रमा एउटा चुनावी बैठकलाई लक्षित गरी गराइएको विस्फोटमा परि कम्तिमा ३० जना घाइते भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

एएनपी नेता बिलौर आफ्ना कार्यकर्ताहरुसँग छलफल गर्दै गर्दा विस्फोट गराइएको हो । बिल्लौर मञ्चमा उक्लँदै गर्दा एक व्यक्तिले आत्मघाती विस्फोट गराएका थिए । पाकिस्तानी समाचार संस्था डनका अनुसार विस्फोटबाट गम्भीर घाइते भएका बिल्लौरको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।

बिल्लौरका बुवा तथा एएनपीका वरिष्ठ नेता बशीर अहमद बिलौर पनि सन् २०१२ मा पेशावरमा पार्टीको बैठकका क्रममा आत्मघाती विस्फोटमा मारिएका थिए । पाकिस्तानमा यही जुलाई २५ मा आम चुनाव हुँदैछ । चुनाव नजिकिँदै जाँदा हिंसात्मक घटनाहरु बढ्दै गएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);