पाकिस्तानको लाहोरमा आत्मघाती विस्फोट, ८ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

पाकिस्तानको लाहोरमा आत्मघाती विस्फोट, ८ को मृत्यु

sufi shrine in lahore

एजेन्सी, २५ बैशाख । पाकिस्तानको लाहोरमा भएको आत्मघाती विस्फोटमा ८ जनाको मृत्यु भएको छ । सुफी सम्प्रदायको धार्मिक तीर्थस्थल नजिकै बुधवार अज्ञात समूहले उक्त विस्फोटन गराएको हो । मारिनेमा ५ जना प्रहरी रहेका छन । विस्फोटमा अन्य २४ जना घाइते भएका छन ।

प्रधानमन्त्री इमरान खानले घटनाको निन्दा गरेका छन् । उक्त आक्रमण आत्मघाती भएको पाकिस्तानी संचारमाध्यमले जनाएका छन ।

पाकिस्तानी अधिकारीहरूका अनुसार प्रहरी चढेको एउटा गाडीलाई लक्षित गरेर विस्फोट गराइएको थियो । अहिलेसम्म कुनै पनि समूहले सो घटनाको जिम्मेवारी नलिएको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);