पाकिस्तानमा बम विस्फोट, ११ मजदुरको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

पाकिस्तानमा बम विस्फोट, ११ मजदुरको मृत्यु

एजेन्सी,३ भदौ । पाकिस्तानको उत्तरी वजिरिस्तानमा बम विस्फोट भएको छ । विष्फोटमा ११ जना मजदुरको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । प्रहरी प्रवक्ताले उत्तरी वजिरिस्तानमा एउटा भ्यानमा बम विष्फोट भएको बताए ।

पाकिस्तानी मिडियाका अनुसार डेपुटी कमिश्नर रेहान गुल खट्टकले भने, आतंकवादीहरूले मजदुरहरू बोकेको गाडीमा विस्फोटक पदार्थले विस्फोट गराएको थियो। विष्फोटमा ११ जना मजदुरको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । घाइते र शवलाई अस्पताल लगिएको अधिकारीहरुले बताएका छन् ।

मृतकहरू दक्षिण वजिरिस्तानको माकिन र वाना तहसीलका बासिन्दा रहेको अधिकारीहरूले बताएका छन्। बाजौरमा भएको ठूलो आत्मघाती विष्फोटमा २३ बालबालिकासहित कम्तिमा ६३ जनाको ज्यान गएको र २०० भन्दा बढी घाइते भएको केही हप्तापछि यो आक्रमण भएको हो ।

अल जजिराका अनुसार इस्लामिक स्टेट समूहले बाजौरमा भएको बम विष्फोटको जिम्मेवारी लिएको छ । पाकिस्तानको सीमावर्ती जिल्ला बाजौरमा एउटा चुनावी ¥यालीलाई निशाना बनाइएको छ ।

कट्टरपन्थी नेता फजलुर रहमानको नेतृत्वमा प्रमुख सरकारी गठबन्धन साझेदार जमियत उलेमा–ए–इस्लाम (व्ग्क्ष्–ँ) पार्टीका करिब ४०० सदस्यहरू भाषण सुरु हुनको लागि पर्खिरहेका थिए । जब एक आक्रमणकारीले मञ्च नजिकै विस्फोटकले भरिएको ज्याकेटमा विस्फोट गराए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);