ग्वाटेमालाको राजधानी जेलमा गोली हानाहान, सात जनाको मृत्यु, २० घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ग्वाटेमालाको राजधानी जेलमा गोली हानाहान, सात जनाको मृत्यु, २० घाइते

gyatemala

काठमाडौं, २५ बैशाख । ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटी नजिकै रहेको जेलमा गोली हानाहान हुँदा सातजनाको मत्यु भएको छ ।

जेलमा भएको गोली हानाहानमा झण्डै २० जना घाइते भएका छन् । स्थिती नियन्त्रणमा लिनका लागि सेना र प्रहरी गरि करिब १५०० सुरक्षाकर्मी खटाइएको छ । दुई बन्दीबिचको विवाद बिस्तार हुँदै जाँदा गोली हानाहानको अवस्था आएको बताइएको छ । पाभोन जेलमा कम्तिमा चार हजार बन्दी छन् । सन् १९७० को दशकमा निर्माण भएको यो जेलको क्षमता भने एक हजार बन्दी मात्रै हो । बन्दीले मंगलबार झण्डै ८ घण्टा जेल नियन्त्रणमा लिएको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);