अमेरिकाद्वारा मध्यपूर्वमा लडाकु पानीजहाज परिचालन | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

अमेरिकाद्वारा मध्यपूर्वमा लडाकु पानीजहाज परिचालन

U.S. Deploys Forces to Mideast

एजेन्सी, २४ बैशाख । अमेरिकाले ईरानमा रहेका आफना सेनामाथि आक्रमण हुन सक्ने भन्दै मध्यपूर्वमा युद्धपोत सहित लडाकु पानीजहाज परिचालन गरेको जनाएको छ । अमेरिकाले इरानलाई ‘स्पष्ट र सिधा सन्देश’ दिनका लागि मध्यपूर्वमा युद्धपोतसहितको लडाकू पानीजहाज तैनाथ गर्नुपरेको बताएको छ ।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भावी दिनमा हुनसक्ने समस्या र तनाव वृद्धिका केही संकेत र चेतावनीपछि युद्धपोत तैनाथ गरिएको बताएका छन् । बोल्टनले अमेरिकाले कुनै पनि प्रकारको आक्रमणको प्रतिकार गर्ने चेतावनीसमेत दिएका छन् ।

इरानमा रहेका अमेरिकी सुरक्षाकर्मीमाथि हमलाको आशंकाका कारण अमेरिकाले यो कदम चालेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

बोल्टनले अमेरिकी सेन्ट्रल कमाण्ड क्षेत्रमा इरानलाई आफू वा आफ्नो समर्थक राष्ट्रहरूमाथिको कुनै पनि आक्रमणको अवस्थामा दरिलो प्रत्याक्रमण गरिने स्पष्ट र सोझो सन्देश दिन लडाकु पानीजहाज परिचालन गर्नुपर्ने अवस्था आएको बताए । उनले अमेरिकाले इरानसँग युद्ध नचाहेको तर कुनै पनि आक्रमण भए त्यसको तयारीका लागि युद्धपोत परिचालन गरिएको समेत स्पष्ट पारेका छन ।

पछिल्लो समयमा अमेरिका र इरानको सम्बन्ध तनावग्रस्त बन्दै गएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);