काबुल विमानस्थलको प्रवेशद्वार नजिक गोली हानाहान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काबुल विमानस्थलको प्रवेशद्वार नजिक गोली हानाहान

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार नजिक गोली हानाहान हुँदा एक जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।

पहिचान नखुलेका बन्दुकधारी र विमानस्थलको प्रवेशद्वारमा रहेका सुरक्षाकर्मीबिच सोमबार वेलुकी गोली हानाहान हुँदा एक अफगान सुरक्षाकर्मीको मृत्यु भएको हो भने अन्य तीन जना घाइते भएका छन् ।

गोली हानाहानमा अमेरिकी र जर्मन सुरक्षाकर्मी पनि सामेल भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । गत हप्ता अर्थात अगस्ट १५ मा तालिबानले काबुलमा नियन्त्रण कायम गरेसँगै विमानस्थल क्षेत्र अस्तव्यस्त देखिदै आएको छ ।

नेटोका आधिकारीले विमानस्थल आसपासको क्षेत्रमा गत हप्ताभरमा गोलीकाण्ड तथा भागदौडका कारण कम्तीमा २० जनाको ज्यान गएको समाचार संस्था रोयटर्सलाई बताएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);