सुडानमा दुई विद्रोही समुहबीच भिडन्त, ४० को मृत्यु, ५८ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सुडानमा दुई विद्रोही समुहबीच भिडन्त, ४० को मृत्यु, ५८ घाइते

एजेन्सी, २५ चैत । दक्षिणी सुडान राज्यको राजधानी डारफर नजिकै रहेको एल जेनेइनामा दुई विद्रोहि समुहबीच भिडन्त हुँदा ४० जनाको ज्यान गएको छ ।

संयुक्त राष्ट्रसंघको मानवीय सहायता सम्बन्धी समन्वय कार्यालयका अनुसार सो क्षेत्रमा यही अप्रिल ३ तारिखदेखि भिडन्त भएको थियो । त्यहाँका स्थानीय विद्रोही समूहहरु अल मासालित र अरब ट्राइबका बीचमा सो भिडन्त भएको थियो ।

भिडन्तमा परि ४०जनाको मृत्यु भएको छ भने कम्तीमा पनि ५८ जना घाइते भएका पनि बताइएको छ । संयुक्त राष्ट्रसंघीय मानवीयता सहायतासम्बन्धी समन्वय कार्यालय ओचाले त्यस क्षेत्रमा सोमबार पनि गोली हानाहान भएको जनाएको छ ।

संयुक्त राष्ट्रसंघको सो कार्यालयले दक्षिणी सुडानको एल जेनियामा रहेको मानवीय सहायता वितरणको काम रोकेको छ । सुरक्षाको अवस्था गम्भीर रहेकोले अहिलेका लागि सो क्षेत्रमा सहायता वितरणको काम रोकिएको बताईएको छ ।

सो क्षेत्रमा विगतका केही महिना यतादेखि हिंसा मच्चिएको छ । विशेषगरी यी दुई जातीय समूहले आफ्ना मागको सम्बोधन हुनुपर्ने भनेर आपसमा एक अर्कामाथि हमला गर्दै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);