अर्मेनीया र अजरबैजानको विवादास्पद नागार्नो–काराबाख क्षेत्रमा भिडन्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

अर्मेनीया र अजरबैजानको विवादास्पद नागार्नो–काराबाख क्षेत्रमा भिडन्त


एजेन्सी,१७ असाेज। अर्मेनीया र अजरबैजानको विवादास्पद नागार्नो–काराबाख क्षेत्रमा दुवै पक्षबीच भिडन्त जारी छ । भिडन्तका क्रममा शनिबार अजरबैजानका तीनओटा लडाकू बिमान खसालेको अर्मेनिया दावी गरेको छ ।

अर्मेनियाली रक्षा मन्त्रालयले शनिबार अजरबैजानका तीनओटा लडाकू बिमान झारिएको दावी गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । अर्मेनियाली रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा शनिबार विभिन्न समयमा अजरबैजानका तीनओटा लडाकू विमान खसालिदिएको उल्लेख छ ।

रक्षा मन्त्रालयका प्रवक्ता सुसन स्टेपानियानले उक्त क्षेत्रको दक्षिणी भूभागमा आएका शत्रुपक्षका ती विमानहरु खसालिएको जनाउनुभएको छ ।

यसअघि, अर्मेनियाले भिडन्तकाक्रममा अजरबैजानका तीन हजारभन्दा बढी सैनिकको मृत्यु भएको दावी गरेको थियो । उक्त क्षेत्रमा शनिबार पनि द्धिपक्षीय भिडन्त जारी नै रहेको बताइएको छ । यसैगरी अजरबैजानले पनि भिडन्तमा अर्मेनीयाका २ हजार भन्दाबढी सैनिक मारिएको तथा थुपै्र हतियार नष्ट गरेको दावी गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);