सुडान सरकार तथा विद्रोही समुहबीच शान्ति सम्झौतामा हस्ताक्षर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

सुडान सरकार तथा विद्रोही समुहबीच शान्ति सम्झौतामा हस्ताक्षर

एजेन्सी, १८ असोज । सुडानको सरकार तथा विद्रोही समुहबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको छ ।

शनिबार विद्रोही र सरकारी प्रतिनिधि दक्षिणी सुडानको राजधानी जुबामा भेला भएर शान्ति सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौताले सयौँ हजार नागरिकको ज्यान लिएको दशकौँदेखिको युद्धलाई अन्त्य गरेको छ । सुडानको तर्फबाट अर्धसैनिक लडाकू मोहम्मद हमदान डाग्लो र सुडानी क्रान्तिकारी मोर्चा एसआरएफका वार्ता प्रमुखले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सरकार र विद्रोहीबीच करिब एक वर्षदेखि शान्तिका लागि वार्ताहरू हुँदै आएका थिए । सम्झौतापछि दक्षिण सुडानी मध्यस्थता टोलीका प्रमुख तुट गात्लुआकले आफुहरुले शान्ति सम्झौतामा हस्ताक्षर गरेको लामो समयदेखिको द्धन्द्ध अन्त्य भएको बताएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

सुडानमा लामो समयदेखि शासन गर्दै आएका आमार अल–बसीरलाई पदबाट हटाएपछि विगत एक वर्षदेखि संक्रमणकालीन सरकार रहेको थियो । चाड, कतार, इजिप्ट, अफ्रिकी संघ, यूरोपेली संघ, तथा संयुक्त राष्ट्रसंघलाई सम्झौता साक्षी बनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);