युएई, बहराइन र इजरायलबीच ऐतिहासिक सम्झौतामा हस्ताक्षर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

युएई, बहराइन र इजरायलबीच ऐतिहासिक सम्झौतामा हस्ताक्षर

एजेन्सी, ३१ भदौ । संयुक्त अरब इमिरेट्स युएइ र बहराइनले इजरायलसँग सम्बन्ध सामान्य गर्नका लागि ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकाको वाशिङटन स्थित व्हाइट हाउसमा एक कार्यक्रममा युएइ र बहराइन तथा इजरायलबीच सम्बन्ध सामान्य गर्ने ऐतिहासिक सम्झौतामा हस्ताक्षर भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

इजरायल तथा २ खाडी मुलुकबीच सम्झौतापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई मध्य पूर्वको नयाँ सुरुवात भनेर यसको प्रशंसा गर्नुभएको छ । उहाँले दशकौंको विभाजन र संघर्षपछि मध्य पूर्वमा नयाँ सुरुवात भएको भन्दै तीने देशका नतालाई बधाई दिनु भएको छ ।

राष्ट्रपति ट्रम्पकै पहलमा भएको यो सम्झौताले इजरायल र अन्य खाडि मुलुकबीच पनि शान्तिको बाटो खुलेको विश्वास गरिएको छ । इजराइल–प्यालेस्टाइनबीच शान्ति स्ूथापनाका लागि राष्ट्रपति ट्रम्पले तयार गरेको प्रस्ताव अनुसार नै यो सम्झौतामा हस्ताक्षर भएको हो ।

सन् १९४८ मा स्थापना भएको इजरायलाई मान्यता दिने युएई तेस्रो र बहराइन चौथो अरब देश भएका छन् । इरान र प्यालेस्टाइन भने सम्झौताको विरोध गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);