चीन र थाइल्याण्डका नागरिक एकअर्को देशमा जाँदा भिसा नचाहिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

चीन र थाइल्याण्डका नागरिक एकअर्को देशमा जाँदा भिसा नचाहिने

एजेन्सी,१५ माघ । चीन र थाइल्याण्डका नागरिक एकअर्को देशमा जाँदा भिसा नचाहिने भएको छ । दुर्व मुलुकबीच एकअर्काका नागरिकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

चीनका विदेशमन्त्री वाङ यीले चीन र थाइल्याण्डमा आधिकारिक रूपमा मार्च १ देखि ‘भिसामुक्त युग’ मा प्रवेश गर्ने बताउनु भएको छ । सम्झौतामा हस्ताक्षर गरेपछि चिनियाँ विदेशमन्त्री वाङ र थाइल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री पर्णप्री बहिद्धानुकारासँगले संयुक्त पत्रकार सम्मेलनमा वाङले यसबारे जानकारी दिनु भएको हो । यसले द्विपक्षीय नागरिकबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने मन्त्री वाङको विश्वास छ ।

चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य समेत रहेका वाङले छिमेकी देशहरूसँगको कूटनीतिमा थाइल्याण्डलाई चीनले सधैँ प्राथमिकताका रूपमा हेरेको उल्लेख गर्नुभयो ।

एक चीन सिद्धान्तप्रति थाइल्याण्डको दृढ प्रतिबद्धता र विश्वव्यापी विकास पहल, विश्वव्यापी सुरक्षा पहल र विश्वव्यापी सभ्यता पहलका लागि सक्रिय सहयोगको सदैव प्रशंसा गरेको वाङको भनाइ छ ।

चीन–थाइल्याण्ड कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउने तयारी भइरहेकोबेला यो सम्झौतामा हस्ताक्षर भएको हो ।

Leave a Reply