नेपाल र चीनबीच यथाशीघ्र द्विपक्षीय उच्चस्तरीय भ्रमण गर्ने सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपाल र चीनबीच यथाशीघ्र द्विपक्षीय उच्चस्तरीय भ्रमण गर्ने सहमति

pradip n wanxin

काठमाडौं, ६ बैशाख । नेपाल र चीनबीच यथाशीघ्र द्विपक्षीय उच्चस्तरीय भ्रमण गर्ने सहमति भएको छ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र चिनीयाँ समकक्षी वाङ यीबीचको द्विपक्षीय वार्तामा यथाशीघ्र द्विपक्षीय उच्चस्तरीय भ्रमण गर्ने सहमति भएको हो ।

वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले उच्च भ्रमणलाई गति दिन प्रस्ताव गरेका थिए । चीनको शक्तिशाली निकाय मानिने राज्य परिषद्का सदस्य समेत रहेका विदेशमन्त्री वाङले लगत्तै दुवै देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान गर्न सहमति जनाएको वार्तामा सहभागी नेपाली अधिकारीहरुले बताएका छन् । वार्तामा कुटनीतिक माध्यमबाट भ्रमणको मिति टुंगो लगाउने सहमति भएको छ । परराष्ट्रमन्त्री ज्ञवाली प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारी र चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका विषयमा कुरा गर्नकै लागि वैशाख ३ गते चीन गएका थिए ।

ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा नै जिनपिङलाई नेपाल ल्याउने चर्चा भएकामा सरकार परिवर्तनपछि चर्चा सेलाएको थियो । द्विपक्षीय वार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वाङले नेपाल, चीन र भारतबीचको त्रिपक्षीय सहकार्यमा जोड दिएका छन् । नेपाल, चीन र भारत भौगोलिक रुपमा जोडिएका कारण साझा समृद्धिका निम्ति त्रिपक्षीय सहकार्य आवश्यक रहेको र सहकार्यले तीन वटै मुलुकलाई फाइदा पुग्ने बताएको वार्तामा सहभागी नेपाली अधिकारीहरुले जनाएका छन् । वार्तामा पारवहन सम्झौता कार्यान्वयनका लागि अग्रसरता लिने सहमति पनि भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);