परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत जादैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत जादैं

काठमाडाैं, १ माघ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली आज भारत जादैं हुनुहुन्छ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली भारतको राजधानी नयाँदिल्ली जान लाग्नुभएको हो ।

परराष्ट्रमन्त्री ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरले संयुक्त रुपमा अध्यक्षता गर्ने आयोगको बैठकमा नेपाल–भारतसँग सम्बन्धित बहुआयामिक विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोरोना खोपमा सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुनेछ ।

भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्ताहरु समेत गर्ने बताइएको छ । भ्रमण टोलीमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव लगायतका अधिकारी समेत हुनुहुन्छ । ज्ञवाली शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);