इजरायल र बहराइनबीच शान्ति सम्झौता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

इजरायल र बहराइनबीच शान्ति सम्झौता

एजेन्सी, २७ भदौ । इजरायल र खाडी मुलुक बहराइनबीच आपसी सम्बन्ध सामान्य बनाउने सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै ३० दिनभित्र इजरायलसँग शान्ति सम्झौता गर्ने बहराइन दोस्रो खाडी मुलुक भएको जानकारी दिनु भएको हो । अमेरिकाको पहलमा इजरायल र बहराइनबीच ‘शान्ति सम्झौता’ भएको हो । एक महिनाअघि अमेरिकाकै पहलमा इजरायल र संयुक्त अरब इमिरेट्स युएईबीच ऐतिहासिक शान्ति सम्झौता भएको थियो ।

यसको औपचारिक हस्ताक्षर आगामी मंगलबार अमेरिकाको वाशिगंटन डिसीमा हुँदै छ । दशकौंदेखि धेरैजसो अरब देशहरुले इजरायललाई बहिस्कार गर्दै आएका छन् । उनीहरु प्यालेस्टिनी विवाद समाधान गरेपछि मात्रै इजरायलसँग सम्बन्ध स्थापित गर्नुपर्ने बताउँछन् । इजरायलसँग शान्ति सम्झौता गरेर युएईले मुस्लिम देशहरुलाई धोका दिएको इरानले आरोप लगाउँदे आएको छ ।

इजरायल–प्यालेस्टिनी संघर्ष समाधान गर्ने उद्देश्यले ट्रम्पले जनवरीमा मध्यपूर्व शान्ति योजना सार्वजनिक गर्नुभएको थियो । शान्ति योजनाअनुसार ट्रम्प इजरायल–युएई र इजरायल–बहराइनबीच सम्झौता गराउन सफल भएको बताइएको छ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले बहराइनसँग पनि शान्ति सम्झौता भएपछि उत्साहित भएको प्रतिक्रिया दिनुभएको छ । युएईले पनि इजरायल–बहराइन शान्ति सम्झौताको स्वागत गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);