सुडान र इजरायलबीच शान्ति सम्झौता

एजेन्सी, ८ कार्तिक । सुडानले इजरायलसँगको सम्बन्ध सामान्य बनाउने सम्झौता भएको छ । दुई देशबीचको शान्ति सम्झौता सामान्य बनाउने बारे यी दुई देश र अमेरिकाले संयुक्त विज्ञप्ती जारी जानकारी गराएका हुन् ।

सुडान, इजरायल र अमरिकाको संयुक्त विज्ञप्तीका अनुसार केही सातामा तीनै देशका प्रतिनिधिमण्डलको बैठक आयोजना हुनेछ । बैठकमा तीन देशको कृषि, विमान र प्रवासन सम्बन्धी मुद्दामाथि चर्चा हुनेछ । सम्झौता लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आतंकवाद प्रायोजित गर्ने देशको अमेरिकी सूचीबाट सुडानलाई हटाएको समेत बताउनुभएको छ ।

सूचीमा रहुन्जेल सुडानले अमेरिकाको आर्थिक एवं अन्य सहयोग पाएको थिएन । यसअघि संयुक्त अरब इमिरेट्स र बहराइनले इजरायलसँग शान्ती सम्झौता गरेका थिए । यी दुई पहिलो खाडी देश हुन् जसले पछिल्लो २६ वर्षमा पहिलो पटक इजरायललाई मान्यता दिएका छन् ।

Leave a Reply