आगामी महिनाहरुमा कोरोनाको समस्या थप बढ्ने डब्ल्युएचओको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आगामी महिनाहरुमा कोरोनाको समस्या थप बढ्ने डब्ल्युएचओको चेतावनी

WHO warns


एजेन्सी , ८ कार्तिक । विश्व स्वास्थ्य संगठन ‘डब्ल्युएचओ’ले आगामी महिनाहरुमा कोरोनाको समस्या थप बढ्ने चेतावनी दिएको छ ।

डब्ल्युएचओका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा समस्या थप बढ्ने चेतावनी दिनुभएको हो । उहाँले कोरोना महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आग्रह पनि गर्नुभयो ।

विश्वमा कारोनाको समस्या अझै बढ्दै गएको भन्दै यो समस्या आगामी महिनाहरुमा थप बढ्ने बताउनुभएको हो । गेब्रेयसले उत्तरी गोलार्धका देशहरुमा कोरोनाको समस्या बढ्दै गएको, ती देशका नागरिकले अहिले पनि निकै समस्यामा रहेको र कैयौँको ज्यान पनि गएको बताउनुभयो ।

विश्वका कतिपय देशका बढ्दो मात्रामा देखिएको महामारी हेर्दा पनि आगामी दिनहरु थप समस्यग्रस्त हुनसक्ने भन्दै अहिले हामी महामारीको निकै समस्याको अवस्थामा छौ ।

यसअघि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि विश्व नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको, विश्वका देशहरुले अकल्पनीय रुपमा समस्याहरुको सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताउनु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);