कोरोना महामारीका कारण अमेरिकाको बजेट घाटा ३० खर्ब डलर | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

कोरोना महामारीका कारण अमेरिकाको बजेट घाटा ३० खर्ब डलर

एजेन्सी, २७ भदौ । कोरोना भाइरस महामारीका कारण अमेरिकाको बजेट घाटा हालसम्मकै उच्च ३० खर्ब डलर पुगेको छ । सरकारले कोरोना भाईरसविरुद्धको अभियानमा गरेको ठूलो खर्चले बजेट घाटा उच्च भएको तथ्यांकले देखाएको छ ।

कोरोना संक्रमण नियन्त्रण प्रयासका लागि मात्रै अमेरिकाले २० खर्ब डलर खर्च गरेको त्यहाँको अर्थ मन्त्रालयले जनाएको छ । संघीय सरकारले चालु आर्थिक बर्षको ११ महिनामा ६० खर्ब बढी खर्च गरिसकेको छ ।

महामारी शुरु हुनपूर्व नै अमेरिका १० खर्ब घाटामा रहेको थियो । अमेरिकी अर्थतन्त्र सकारात्मक बनाउने गतिमा रहँदै गर्दा शुरु भएको कोरोना महामारीले थप ऋणात्मक बन्दै गएको हो । अमेरिकाको संसदीय बजेट कार्यालयले यो बर्ष कुल घाटा २ सय ६० खर्ब डलर पुग्ने अनुमान गरेको छ ।

सेप्टेम्बरमा आर्थिक बर्ष सकिने अमेरिकामा तेश्रो त्रैमासिकमा अर्थतन्त्र ३० प्रतिशतले खुम्चिएको छ । त्यहाँ बेरोजगारी दर र व्यापार बन्द हुने क्रम बढ्दो छ । ३ करोड मानिस कुनै न कुनै रुपले बरोजगार रहेको त्यहाँको श्रम विभागले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);