अजरबैजानले युद्धविराम उल्लंघन गरिरहेको अर्मेनियाकाे आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

अजरबैजानले युद्धविराम उल्लंघन गरिरहेको अर्मेनियाकाे आरोप

एजेन्सी, २९ असोज । अर्मेनियाका राष्ट्रपति निकोल पाशिन्यानले अजरबैजानसँग नार्गोनो–काराबाखमा भइरहेको युद्धमा आफ्नोको सेनाको ठूलो क्षती भएको स्वीकार गर्नुभएको छ ।

टेलिभिजन सम्बोधनको क्रममा राष्ट्रपति पाशिन्यानले अर्मेनियाको अजेरिसमा सेनाले ठुलो क्षती भोगेपनि स्थिती नियन्त्रणमा रहेको बताएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

रुसको मध्यस्थतामा भएको युद्धविरामको अजरबैजानले उल्लंघन गरेको आरोप लगाउँदै ‘अजरबैजानले एक सेकेन्डका लागि पनि युद्धविराम नगरेको दावी गर्नुभयो । अजरबैजान सबै इलाकामाथि कब्जा जमाउने रणनीतिमा रहेको राष्ट्रपति पाशिन्यानलेको आरोप छ ।

नार्गोनो–काराबाख क्षेत्रमा अजरबैजानका कारण भएको क्षतीबारे पाशिन्यानले मातृभूमिको रक्षामा आफ्नो ज्यान गुमाएका सैनिकहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । अजरबैजानका राष्ट्रपति इलहाम अलिवले आफ्नो देशको ग्यास पाइप लाइनमाथि अर्र्मेनियाले आक्रमणको प्रयास गरिरहेको आरोप लगाउँनु भएको छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);