संक्रमित संख्यामा दैनिक रेकर्ड बनाउँदै भारत, पछिल्लो २४ घण्टामा १ लाख १५ हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

संक्रमित संख्यामा दैनिक रेकर्ड बनाउँदै भारत, पछिल्लो २४ घण्टामा १ लाख १५ हजार नाघ्यो

एजेन्सी, २५ चैत। भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या महामारी सुरु भए यता कै उच्च पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा एक लाख १५ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यसअघि भारतमा गत सोमबार थपिएको संक्रमित संख्या उच्च थियो । सोमबार भारतमा संक्रमित हुनेको संख्या एकलाख नाघेको थियो । योसंगै भारतमा कोरोना संक्रमित हुनेको कुल संख्या एक करोड २८ लाख १ हजार ७ सय ८५ पुगेको छ ।

कुल संक्रमित संख्याको आधारमा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ३१ लाख १३ हजार ३ सय ५४ रहेका छन् । त्यसैगरी केरलामा ११ लान ३७ हजार ५ सय ९०, कर्नाटकमा १० लाख २० हजार ४ सय ३४, आन्ध्र प्रदेशमा नौ लाख ९ हजार २ र तमिलनाडुमा नौ लाख ३ हजार ४ सय ७९ रहेका छन् ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा छ सय ३० जनाको संक्रमणका कारण मृत्यु भएको छ । भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख ६६ हजार १ सय ७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ५९ हजार ८ सय ५६ संक्रमणमुक्त भएका छन् । यसका साथै भारतमा संक्रमणमुक्त हुनेको संख्या एक करोड १७ लाख ९२ हजार १ सय ३५ पुगेको छ ।

भारतमा हालसम्म आठ करोड ७० लाख ७७ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);