ब्राजिलमा संक्रमणका कारण एकैदिन मृत्यु हुनेको संख्या चार हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

ब्राजिलमा संक्रमणका कारण एकैदिन मृत्यु हुनेको संख्या चार हजार नाघ्यो

एजेन्सी, २५ चैत । ब्राजिलमा कोरोना भाइरसका कारण एकैदिन मृत्यु हुनेको संख्या चार हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा चार हजार २ सय ११ को संक्रमणका कारण मृत्यु भएको छ । योसँगै ब्राजिलमा संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन लाख ३७ हजार ३ सय ६४ पुगेको छ ।

त्यसैगरी ब्राजिलमा पछिल्लो २४ घण्टामा ८२ हजार ८ सय ६९ नयाँ संक्रमित थपिएका छन् । ब्राजिलमा संक्रमित हुनेको कुल संख्या एक करोड ३१ लाख ६ हजार ५८ पुगेको छ । कुल संक्रमित संख्याको आधारमा ब्राजिल विश्वमा दोश्रो स्थानमा रहेको छ । पहिलो स्थानमा तीन करोड १५ लाख ६० हजार ४ सय ३८ संक्रमित संख्याका साथ अमेरिका पहिलो स्थानमा रहेको छ ।

ब्राजिलमा बढी संक्रामक भाइरसको नयाँ भेरियन्टका कारण संक्रमण तीब्र रुपमा फैलिरहेको छ । हाल ब्राजिलमा १२ लाख ९ हजार ९ सय १० सक्रिय संक्रमित रहेका छन् भने संक्रमणमुक्त हुनेको संख्या एक करोड १५ लाख ५८ हजार ७ सय ८४ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);