भारतमा एकैदिन तीन हजार ४९८ को मृत्यु, तीन लाख ८६ हजारभन्दा बढी संक्रमित | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

भारतमा एकैदिन तीन हजार ४९८ को मृत्यु, तीन लाख ८६ हजारभन्दा बढी संक्रमित

एजेन्सी । दैनिक संक्रमित संख्या तथा मृत्यु हुनेको संख्या उच्च हुँदै आएको भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ८६ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका १९ लाख २० हजार १ सय ७ परीक्षणमध्ये तीन लाख ८६ हजार ४ सय ५२ मा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमित हुनेको कुल संख्या एक करोड ८७ लाख ६२ हजार ९ सय ७६ पुगेको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ४ सय ९८ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ८ हजार ३ सय ३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएको दुई लाख ९७ हजार ५ सय ४० लगायत भारतमा हालसम्म एक करोड ५३ लाख ८४ हजार ४ सय १८ संक्रमणमुक्त भईसकेका छन् ।

भारतमा हाल ३१ लाख ७० हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

कोरोनाविरुद्धको खोप लगाउनेको संख्या भने भारतमा १५ करोड २२ लाख ४५ हजार नाघेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);